
मनहरी \ पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी-९ खंरगामा शुक्रबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । हेटौंडा आउँदै गरेको ना५ ख ४७४० नम्बरको ट्रकको ठक्करबाट ना१ह ७१८४ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु र २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा अटो चालक मनहरी-९ बस्ने अन्दाजी ३०३१ वर्षका कुमार राना मगर रहेको र रानाको घटनास्थलमै मृत्यु भएको थियो। त्यसैगरी अटोमा सवार सोही ठाउँ बस्ने ५३ बर्षीय अर्जुन कुमार स्याङ्तान र निजको छोरा १० बर्षीय सन्देश स्याङ्तान घाइते भएको निमित्त मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अविनाश अधिकारीले बताएका छन। घाइतेहरूको हेटौंडा ११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भईरहेको जनाइएको छ। यता ट्रक प्रहरी नियन्त्रणमा रहेपनि चालक फरार रहेकोले खोजी कार्य भइरहेको जनाइएको छ।








