
मकवानपुरगढी गाँउपालिका वडा नम्बर २ को वडा कार्यालय उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बीच उक्त कार्यालय भवनको उद्घाटन गरीएको हो ।
मकवानपुरगढी गाँउपालिका वडा नम्बर २ का अध्यक्ष बखान सिंह पाख्रिनको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाँउपालिकाका अध्यक्ष बिदुर हुमागाँईको प्रमुख आतिथ्यता रहेको थियो । अध्यक्ष हुमागाईले वडा कार्यालयको उद्घाटन गरेका हुन् ।
गाँउपालिकाको १० लाख र शिवम् सिमेन्टबाट प्राप्त १५ लाख रुपैँया गरी जम्मा २५ लाख रुपैँया उक्त भवनको निर्माण गरीएको वडा नम्बर २ का अध्यक्ष बखान सिंह पाख्रिनले जानकारी दिए ।

विभिन्न सरकारी कार्यालय तथा संघ संस्थाको प्रयोजनका लागि पनि निर्माण गरीएको चार कोठे भवनमा वडा कार्यालय संञ्चालन गरीनेछ । कार्यक्रममा मकवानपुरगढी गाँउपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बा, वडा ७ का अध्यक्ष सुर्य बहादुर रुम्बा, वडा १ का अध्यक्ष आइत सिं लो, वडा सदस्य, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी लगाएतकाको उपस्थिती थियो ।








