मुख्य खबरसमाचार

स्थापना दिवसमा पानी ट्याङकी वितरण

संवाददाता

सिधाखबर \ हेटौंडा १५ भोर्लेमा रहेको महिला जनशक्ती बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो स्थापना दिवसमा पानी ट्याङकी वितरण गरेको हो । संस्था स्थापना भएको २१ औं दिवसमा स्वास्थ्य चौकी र दुई विद्यालयलाई ट्याङकी प्रदान गरिएको हो ।

वडा नम्बर १५ का अध्यक्ष महारत्न लामाको प्रमुख अतिथ्यतामा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पानी ट्याङकी वितरण गरिएको थियो । संस्थाका अध्यक्ष जुना दंगालको अध्यक्षतामा मनाइएको स्थापना दिवसमा संस्थापक अध्यक्ष मेनुका दाहाल, कार्यपालिका सदस्य पातली माया गोङवा, वडा सदस्यद्धय कुमारी श्रेष्ठ,मिनु विक, संस्थाका पूर्व अध्यक्ष रीता पाख्रीन, पूर्व गाविस अध्यक्ष प्रेम बहादुर भोम्जन, चुरियामाई स्वास्थ्य चौकीका प्रमुख शेर बहादुर ब्लोन लगायतले आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा संस्थाका पदाधिकारी, उपसमितिका सदस्य, कर्मचारीको उपस्थिती रहेको थियो ।

No description available.

सोही अवसरमा स्थापना कालदेखि हाल सम्म अनवरत सहयोग गर्नुभएका समाजसेवी तथा पूर्व गाविस अध्यक्ष प्रेम बहादुर भोम्जनलाई सम्मान पत्रले सम्मान गरिएको थियो । स्थापना दिवस सँगसँगै नयाँ वर्ष २०७८ को शुभकामना आदान प्रदान समेत गरिएको थियो ।
सहकारीमा हाल सम्म १३ करोड ३३ लाख ३८ हजार २२० को कारोबार गरिएको छ भने दुई हजार ७४ जना शेयर सदस्यको १ करोड ५६ लाख १५ हजार ५ सय शेयरपुजीँ रहेको संस्थाका व्यवस्थापक माया तामाङले बताइन् ।

No description available.