
मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको एक विद्यालयका शिक्षक छात्रालाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् ।
मक्रान्चुलीस्थित भानु माध्यामिक विद्यालयका शिक्षक किरण पाण्डेलाई विद्यालयकी छात्रालाई अभद्र व्यवहार गरेको अभियोगमा पीडित छात्राले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएपछि बुधबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।
उनलाई अभद्र व्यवहार मुद्धामा जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गरि थप अनुसन्धान थालिएको रिमालले जानकारी दिए । शिक्षक पाण्डेले फागुन २९ गते शैक्षिक भ्रमण जाने क्रममा दुर्व्यवहार गरेको पीडित परिवारले जनाएको छ ।








