
हेटौंडामा मिस मकवानपुर सिजन –३ प्रतियोगिता हुने भएको छ । कलिउड सुपर डान्स एन्ड फिटनेस प्रालि एवम स्पाक्लिङ्ग सिज प्रालिको सहकार्यमा मिस मकवानपुर सिजन –३ हुने बारे बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले जनाएको छ । स्पाक्लिङ्ग सिजद्वारा मिस मकवानपुर -२०१८ एवम् कलिउड सुपर डान्स एन्ड फिटनेस द्वारा आयोजित मिस कलिउड -२०१९ भव्यताका साथ सफल गरिसकेको छ ।
संयुक्त आयोजनामा हुनलागेको मिस मकवानपुर सिजन –३ प्रतियोगिता भिडियो जिङ्गल शिक्षाविद् तथा समाजसेवी पुरन बहादुर जोशीले सार्वजानिक गर्दै आवेदन खुल्ला गरिएको कलिउड सुपर डान्स एन्ड फिट्नेस प्रालिका संचालक सुजन श्रेष्ठले बताए । विजेता हुनेले हेटौंडा स्कुल अफ म्यानेजमेन्टको ब्रान्ड एम्बेसडरको रुपमा एक वर्ष रहने गरी नियुक्ती गरिने जोशीले बताए । प्रतियोगिता आगामी जेष्ठबाट अडिसन सुरु भई भदौमा ग्राण्ड फिनायल गरिने संचालक श्रेष्ठले बताए ।

प्रतियोगिताको उपाधि विजेताले चादीँको ताज र नगद एक लाख रुपैया तथा विभिन्न पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५० हजार सहित आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । यस्तै तृतीय हुनेले नगद २५ हजार सहित आकर्षक पुरस्कार प्राप्त गर्नेछन भने भ्युवर्स च्वाईसले नगद २० हजार रुपैया प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागिता जनाउन १६ वर्ष पूरा भई २४ वर्ष ननाघेको अविवाहित नेपाली नागरिक हुनुपर्ने बताईएको छ । यस्तै सहभागीको उचाई ५ फिट हुनुपर्ने छ भने शैक्षिक योग्यता एसईई उत्तिण हुनुपर्ने प्रावधान रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा करिब २८ लाख रुपैया खर्च हुने जनाएको छ ।








