मुख्य खबरसमाचार

मकवानपुरगढीमा मनाइयो नारी दिवस

संवाददाता

सिधाखबर \ मार्च ८ अर्थात् १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मकवानपुरगढी गाउँपालिकाले बृहत महिला दिवस मनाएको छ । गाउँपालिकाको आयोजनामा भएको दिवस कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानको प्रमुख अतिथ्यता तथा गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाको सभाध्यक्षतामा भएको थियो ।

देशभर अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाइरहदाँ मकवानपुरगढी गाउँपालिकाले भने विभिन्न स्थानबाट ¥याली निकालेर वडा नम्बर ६ स्थित भालुखोलामा बृहत भेला भइ कार्यक्रम भएको हो ।

No description available.

कार्यक्रममा गाउँपालिकाका विभिन्न उद्देश्यका सहकारी, आमा समूह लगायतका संस्थाहरुबाट सहभागिता जनाएका महिलाहरुले गीत, कविताबाट महिला हिंसा, बालिका तथा महिला बलात्कारका घटना सहित विषयवस्तु समेटिएर आफ्नो मनको बहपोख्ने गरी आफ्नो प्रस्तुती दिएका थिए । पञ्चेबाजा सहित ¥याली गरेका महिलाहरुले सांगितिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य कुमारी मोक्तान, गाउँपालिका अध्यक्ष विदुर हुमागाई, वडा अध्यक्षद्धय भागवत घिमिरे, टिका प्रसाद दाहाल, प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनी, जागरण साकोसकी अध्यक्ष कल्पना श्रेष्ठ, कार्यपालिका सदस्यहरु निर्मला विक, चिनिमाया लुङ्वा, नेकपाकी नेतृ मानकुमारी पाख्रीन,नेपाली कांग्रेसका जिल्ला सदस्य अर्जुन प्रसाद दाहाल लगायतले महिलाहरुका हिंसा, भेदभाव र महिलाका समस्या र उनीहरुको चुनौतीको विषयमा आफ्नो भनाइ राखेका थिए ।

No description available.

कार्यक्रममा वडा नम्बर ८की वडा सदस्य बुद्धीमाया मोक्तान, महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापा,विभिन्न सहकारी संस्थाका अध्यक्षहरु,टोलविकासका प्रतिनिधि, गाउँपालिकाका महिलाहरु, सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गाउँपालिकाभित्रका शहीद परिवार, एकल महिला जो एक्लैले आफ्ना छोराछोरीलाई पठनपाठन लगायत अन्य हिसाबले सक्षम बनाउन सफल रहेकी महिला र पत्रकार गरी ९ जनालाई सम्मान गरिएको थियो ।