
सिधाखबर \ १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मकवानपुरमा महिला पत्रकारको अबस्था विषयक अन्तरक्रिया कार्यक्रम आईतबार (आज)हेटौंडामा भएको छ । क्रियाशिल पत्रकारमहिला (डब्लुडब्लुजे) मकवानपुरको आयोजनामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उपमेयर लामाले पत्रकारहरुको हक हितका लागि उपमहानगरले पत्रकार बिमा ,पत्रकार उपचारकोषमा सहयोग लगाएतका विभिन्न काम गर्दै आएको बताइन् ।
कार्यक्रममा सहभागी डब्लुडब्लुजेमा आवद्ध महिला पत्रकारहरुले सबै क्षेत्रका समस्याका बारेमा समाचार सम्प्रेषण गरिरहेको अवस्थामा महिला पत्रकारहरुकै समस्या ओझेलमा परेको गुनासो गर्दै सञ्चारगृहबाट आफुहरु पारिश्रमिक र काम सम्पादनमा भेदभाव गरेको दुखेको व्यक्त गरेका थिए ।
काम गर्दै गर्दा अलि चाडैं घर जाउँ सञ्चारगृहको ढोका वन्द हुने ढिला घर जाउँ त घरको ढोका बन्द हुने होला भन्ने डरैडरमा काम गरिनुपर्ने बाध्यता रहको बताएका थिए । विवाहित महिलाहरुको हकमा ज्यादै नै समस्या रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । मकवानपुरमा पत्रकार महासंघमा १६३ सदस्य रहेका छ्न जसमा ४० जना महिला पत्रकार रहेका छन । जो महासंघका सदस्यता नभएका अन्य पनि सक्रिय महिला पत्रकारहरु धेरै नै रहेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष सम्झना कार्की, मकवानपुरका अध्यक्ष हरि हुमागाई ,पूर्व अध्यक्ष राममणि दाहाल, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी (पोस्टराज), प्रेस संगठन मकवानपुरका संयोजक धर्मेन्द्र दाहाल, प्रेस संगठन मकवानपुरका संयोजक अञ्जली थापा, सञ्चारिका समूहकी प्रदेश संयोजक सरिता दाहाल, चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष मणिराज गौतम लगाएत जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रम डब्लुडब्लुजेकी उपाध्यक्ष शभलक्ष्मी विकको अध्यक्षतामा भएको थियो ।








