समाचारफिचर

आफ्नो संस्कृति आफै बचाउनुपर्छ : मुख्यमन्त्री पौडेल

संवाददाता

बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो संस्कृति आफैले बचाउनुपर्ने बताउनुभएको छ । हेटौंडामा नेवाः गुठी खलःको प्रथम भेलालाई सम्बोधन गर्दै उनले नेवार समुदायको कला संस्कृति आफैले मात्रै संरक्षण गरी बचाउनुपर्ने बताए । बाहिरका अन्य समुदायले आएर नबचाउनाले आफ्नो छुट्टै कला, मुल्यमान्यता र चालचलन रहेकोले आफै सजग हुनुपर्ने बताए ।

उनले शंखधर साख्वाको पार्कको लागि प्रदेश सरकारले तत्काल १० लाख बजेट विनियोजन गरिएको र कामको सुरुवात गर्नुस् आगामी वर्ष पुन थप गर्दै लाने बताए । शहिद स्मारककै परिकल्पनाका साथ शंखधर साख्वाको पार्क बनाइ नेवार समुदाय झल्किने वस्तु र संरचना बनाउन आग्रह गरे ।

कार्यक्रममा बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठलाई मुख्यमन्त्री पौडेलले सम्मान गरेका थिए । कार्यक्रममा सभामुख सहित विभिन्न व्यक्तीत्वलाई अभिनन्दन, सम्मान र बधाइ समेत प्रदान गरिएको थियो ।

कार्यक्रम नेवाः गुठी खलःका अध्यक्ष अनिल खड्गेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका सचिव विष्णु गोपाल महर्जन, हेटौंडा अस्पतालका डा. प्रविण श्रेष्ठ, नेकपाका अध्यक्ष एकालाल श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।