समाचारफिचर

न्यौपानेद्धारा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

संवाददाता

सिधाखबर \ मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य तथा मकवानपुर उद्योग वाणिज्यसंघका निवर्तमान अध्यक्ष राजकुमार न्यौपानेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

विहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै न्यौपानेले व्यावसायीको हक हितका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको घोषणा गरेका छन् । उनले पत्रकार माझ संघमा निषेधको राजनिति भएकोले व्यवसायीको लागि लड्न सक्ने क्षमता आफु संग रहेको भन्दै न्यौपानेले आफुलाई केन्द्रमा लड्नको लागि असहयोग गरेकोले घरबाटै बन्देज लगाइएको संघप्रति आरोप लगाए । मेरो सर्वोच्च अदालत भनेको व्यवसायी दाजुभाइ दिदीबहिनी रहेको बताउदैं न्यौपानेले आगमी चैतमा हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए ।

चैत २१,२२ र २३ गते हुने साधारण सभा तथा निर्वाचनका लागि न्यौपाने सहित, कृष्ण गुप्ता अग्रवाल, महेन्द्र राउत, माधव न्यौपाने र राम प्रसाद न्यौपानेको चर्चा चलिरहेको छ ।