
हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २४ औं वार्षिक साधारणसभा शनिबार भएको छ । सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष कृष्ण विडारीको सभाध्यक्षतामा सभा भएको हो ।
सभामा वन समूहले गत वर्षझैं विभिन्न विधामा ८ जनालाई सम्मानित गरेको छ । सम्मानित हुनेमा समूहका निवर्तमान अध्यक्ष विष्णुप्रसाद न्यौपाने, वन प्राविधिक तर्फ डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युतप्रसाद उपाध्याय, पत्रकार तर्फ प्रदेश दैनिकका सम्पादक विजय पौडेल, कर्मचारी तर्फ समूहका कार्यालय सचिव भीमसेन पौडेल, ज्येष्ठ उपभोक्ता तर्फ युदुमाया दुलाल, कोषादत्त दुलाल, साधारणसभामा बढि उपभोक्ता उपस्थित गराउने कार्यसमिति सदस्य केशव धिताल र काठ चिरानी तथा ढुवानी गर्ने अर्जुन सापकोटालाई नगद सहित सम्मान गरिएको थियो ।
वन समूहका अध्यक्ष कृष्ण विडारीले संस्थागत प्रतिवेदन, सचिव नानीमाया रुम्वाले समुहको प्रगति प्रतिवेदन,कोषाध्यक्ष बसन्त अधिकारीले चालु आव ०७७ ०७८ का लागि करीव ६० लाखको अनुमानित आयव्यय विवरणको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा हेटौंडा ६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई, मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरे, हेटौडा–६ का वडा सदस्य राजकुमार बास्तोला, फेकोफन मकवानपुर अध्यक्ष साधुराम चौलागाई, मकवानपुरका सहायक वन अधिकृत अच्युत लामिछाने,सव डिभिजन वन कार्यालय,हेटौडाकी सहायक वन अधिकृत गायत्री शर्मा,स्थानिय वन महासंघ हेटौंडाका अध्यक्ष शम्भु न्यौपाने, चुच्चेखोला सामुदायिक वन समूहका अध्यक्ष अर्जुनप्रसाद दाहाल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय विडारी,जनकल्याण साकोसका अध्यक्ष हिमाल पौडेल, वशंगोपाल माविका प्रधानाध्यापक रमेश लामिछाने लगायत टोलविकास, विभिन्न विद्यालय, वन समुह, सहकारी संस्थाहरुका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।








