समाचारफिचर

प्रदेश प्रमुखमा राजेश झा नियुक्त

संवाददाता

काठमाडौं \ सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुखको पदमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम झालाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेका हुन् । यसअघि शुक्रबार मात्र राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी थिइन् ।