
काठमाडौं \ प्रहरीले काठमाडौंमा बेवारिसे शव जलाउने विनयजङ्ग बस्नेत पक्राउ गरेको छ । बीबीसीको विश्वकै १ सय शक्तिशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको चरित्रहत्या गरेको र सार्वजनिकरुपमा धम्की दिएको आरोपमा प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो ।
सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले मंगलबार बस्नेतलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।
पशुपति आर्यघाटमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए ।








