समाचारफिचर

नेता बानियाँद्धारा विद्यार्थीलाई स्वीटर सहयोग

संवाददाता

हेटौंडा \  बागमती प्रदेश प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्र बहादुर बानियाँले स्वीटर सहयोग गर्नेु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको चण्डिका माविका विद्यार्थीहरुलाई स्वीटर सहयोग गरेका हुन् ।

आईतवार एक कार्यक्रमका बिच कक्षा ६ देखि कक्षा १२ सम्मका गरिब तथा बिपन्न २ सय २८ जना छात्र छात्राहरुलाई न्यानो कपडा स्वीटर सहयोग गर्नुभएको हो । स्वीटर वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गोलेको अध्यक्षतामा भएको थियो भने नेपाली काँग्रेसका नेता ईन्द्र बानियाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ सभापति यतिराज सापकोटा, वडा अध्यक्ष बखानसिं पाख्रिन लगाएतको उपस्थिती रहेको थियो ।