समाचारफिचर

बागमती प्रदेश पत्रकार महासंघको सभा

संवाददाता

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको दोस्रो साधारण सभा हेटौंडामा भएको छ । सभालाई सम्बोधन गर्दै केन्द्रीय महासंघका अध्यक्ष गोविन्द आचार्यले अबको पत्रकार महासंघको चुनाव नयाँ ढङ्गले गरिने बताए । कोरोना महामारीको बीचमा पनि पत्रकारहरुले गरेको उल्लेख्य कामको प्रशंसा गर्दै उहाँले प्रेस स्वतन्त्रता र श्रमजिवी पत्रकारहरुको लागि महासंघ लागिपरेको बताए ।

सभामा बोल्दै केन्द्रीय सचिव रामप्रसाद दाहालले पत्रकारितामा केपीओली,प्रचण्ड–माधवको जस्तो राजनितिक गर्न नहुने बताउदै जतिबेला द्धन्द सुरुहुन्छ त्यतिबेला प्रेस स्वतन्त्रता हनन हुने गरेको अवस्थामा प्रेस र नागरिक स्वतन्त्रता माथी कुण्ठित गरिने परम्पराको अन्त्य हुनु जरुरी रहेको बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण गिरी, द्धारिका काफ्ले, संचार रजिष्ट्रार रेवती सापकोटा, प्रेस संगठन प्रदेश संयोजक विश्वमणि सुवेदी, ईन्र्चाज हिरा बहादुर तामाङ, प्रेस युनियन मध्यामाञ्चल संयोजक राममणि दाहाल, मकवानपुर जिल्ला अध्यक्ष हरि हुमागाइ, महासंघ सल्लाहकार गिरिजा अधिकारी, आदिबासी पत्रकार महासंघ प्रदेश सदस्य राजु चौधरी, संञ्चारिका समूह प्रदेश संयोजक सरिता दाहाल लगायतले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा संचार रजिष्ट्रार कार्यालय बागमती प्रदेशले रामेछाप, मकवानपुर, चितवन, काभ्रे र नुवाकोट पत्रकार महासंघ जिल्ला शाखालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेलले आपतकालिन झोला हस्तान्तरण गरेका थिए । प्रदेश अध्यक्ष प्रताप विष्ठको सभाध्यक्षतामा भएको सभामा महासंघले गरेका विभिन्न गतिविधि र आर्थिक कारोबारको प्रतिवेदन पेस गरी सभाले पास समेत गरिएको छ । कार्यक्रममा प्रदेशका जिल्ला अध्यक्ष सहित प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।