समाचारफिचर

शुभेच्छुक संस्थाहरुको हेटौंडामा विरोध प्रदर्शन

संवाददाता

हेटौंडा \ नेपाली कांग्रेस मकवानपुरको शुभेच्छुक संस्थाहरुको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमको विरुद्धमा हेटौंडामा नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अन्तर्गत शनिवार हेटौंडामा विरोध प्रदर्शन सहित सभाको आयोजना गरिएको हो ।
नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरका अध्यक्ष यमबहादुर श्रेष्ठको सभाध्यक्षता तथा नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णु प्रसाद लामिछानेको प्रमुख आतित्थ्यता रहेको थियो ।

No description available.

कार्यक्रममा सहभागिहरुले प्रधानमन्त्री ओलीले चालेको कदमको विरोध जनाएका थिए । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार रामचन्द्र अर्याल माइकल, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, नेपाल प्राध्यापक संघका पूर्व अध्यक्ष कृष्णप्रसाद दाहाल, प्रजातान्त्रिक कानुन व्यवसायी संघ मकवानपुरका अध्यक्ष कृष्णप्रसाद न्यौपाने, लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका उपाध्यक्ष युवराज लामा लगाएतले ओलीले चालेको कदमको विरोध स्वरुप आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला, प्राध्यापक संघ मकवानपुरका अध्यक्ष राजबाबु पहाडी, वनसम्पदा उपभोक्ता राष्ट्रिय महासंघका शिवबहादुर भण्डारी लगाएत नेपाली कांग्रेसका विभिन्न शुभेच्छुक संस्थाका जिल्ला अध्यक्ष, पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।