समाचारफिचर

नेपालमा थप ३०२ जनामा कोरोना संक्रमण

संवाददाता

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ३०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४८० जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख ६३ हजार ३४८ जना पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ९८६ पुगेको छ ।