
नेपाली कांग्रेसले देशव्यापी रुपमा गरेको चरणवद्ध विरोध कार्यक्रम अन्तरगत मकवानपुरमा वडागत विरोध कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । हेटौंडामा प्रेस युनियन मकवानपुरको संयोजनमा गरिएको पत्रकार सम्मेलन मार्फत मकवानपुरको सम्पूर्ण तयारी पुरा भएको बताइएको छ ।
ओली सरकारले सविधान विपरित चालिएको कदम प्रति कांग्रेसले विरोध प्रदर्शन गर्दै आइरहेको छ । देशव्यापी रुपमा जिल्लागत, क्षेत्रगत, स्थानिय तहगतका विरोध कार्यक्रम सकिएपछि भोली ८ गते वडागत विरोध कार्यक्रम गरिने पार्टीका प्रवक्ता प्रदिप कोइरालाले बताए । उनले मकवानपुरका १०२ वटा वडामा विरोध कार्यक्रमको लागि प्रतिनिधि तय गरी कार्यक्रमको तयारी पुरा भएको बताए ।
पत्रकार सम्मेलनमा पार्टी उपसभापति विष्णु प्रसाद लामिछाने, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, नेपाल विद्यार्थी संघका अध्यक्ष राजु खतिवडा लगायतको उपस्थिती रहेको थियो । युनियनका उपाध्यक्ष मणिराज गौतमको अध्यक्षतामा पत्रकार सम्मेलन गरिएको थियो ।








