समाचारफिचर

नेपालमा थप ३४८ जनामा कोरोना पुष्टि

संवाददाता

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ३४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४४१ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख ६२ हजार २५९ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७६४ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ९६९ जना पुगेको छ ।