
काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३७४ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ८६१ जना रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ९६५ जना पुगेको छ ।








