समाचारफिचर

नेपालमा थप २६६ जनामा कोरोना पुष्टि

संवाददाता

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४०० जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ९५९ जना पुगेको छ ।