मुख्य खबरसमाचार

माघ ३ गते हुने विरोधसभाको सम्पूर्ण तयारी पुरा

संवाददाता

हेटौंडा \ प्रधानमन्त्रीको संसद विघटन गर्ने असंवैधानिक कदम विरुद्ध भोली माघ ३ गते मकवानपुरका सबै स्थानिय निकायमा हुने विरोध प्रदर्शन एवम विरोध सभाको तयारी पुरा भएको छ । केन्द्रीय कार्यक्रम अनुसार हुने विरोध प्रदर्शन र विरोध सभाको सम्पूर्ण तयारी सकिएको नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीले जानकारी दिए ।

शुक्रबार पार्टी कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गर्दै सभापति पराजुलीले नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार नै हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित शितल महल चोकमा १ बजे विरोध सभाको कार्यक्रम गर्न लागिएको जानकारी दिए । सभाअघि वन विज्ञान अध्ययन संस्थान अगाडी भेला भएर विरोध ¥याली समेतको प्रदर्शन हुनेपनि सभापति पराजुलीले बताए ।

सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र विघटित संसदका सदस्य प्रखर वक्ता प्रकाश स्नेहीले सम्बोधन गर्ने सभापति पराजुलीले जानकारी दिए ।कार्यक्रममा महासमिति सदस्य दिनेश उपाध्याय, नगर कोषाध्यक्ष कविन सांगामी र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।