मुख्य खबर

क्याम्पाडाडाँ दुर्घटनामा १ को मृत्यु, स्थानियद्धारा टिफरमा आगजनी

संवाददाता

हेटौंडा ५ क्याम्पडाँडामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुघर्टनामा अर्का एक जना भएका छन् । हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको प्रदेश ३ -०३-००१प ४०२० नम्बरको मोटरसाइकल र चौघडाबाट हेटौंडातर्फ जाँदै गरेको ना १क ८३३३ नम्बरको टिपर ठक्कर खाँदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो ।

गम्भीर घाइते रहेका अर्का एक जनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनास्थलमा स्थानियले टिफरमा आगजनी गरेका छन् । हेटौंडा उपमहानगरको बरुणयन्त्रले आगो निभाएको छ ।