मुख्य खबरसमाचार

सुचना प्रविधि क्षेत्रमा अग्रसर मकवानपुरगढी

संवाददाता

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा सुचना प्रविधि क्षेत्रमा तिव्र विकास भएको छ । प्रदेश राजधानी हेटौंडासंग जोडिएको गाउँपालिका भएता पनि भौगोलिक दृष्टिले विकटता रहेको छ । स्थानिय तहको सरकार पश्चात मकवानपुरगढी गाउँपालिकाका र वडा कार्यालयमा सुचना प्रविधिमा तिव्र विकास भइरहेको छ ।

गाउँपालिकाले प्रत्येक वडा कार्यालयमा इन्टरनेट सुविधा पु¥याएको छ भने इलेक्ट्रोनिक हाजिरी व्यवस्था गरिएको छ । गाउँपालिकाको कार्यालयमा इन्टरनेटको गति (ब्याण्डविथ) आवश्यक अनुसार विभाजन गरि काम गर्न सकिने व्यवस्था, प्रत्येक वडामा सिसीक्यामेरा जडान गरिएको छ । जुन सिसीक्यामेराले कैद गरिएको वडाका दृश्य गाउँपालिका अध्यक्षले आफ्नै कार्यकक्षमा रहि हेर्न मिल्ने गरि प्रविधि जडान गरिएको गाउँपालिकाका सुचना प्रविधि अधिकृत सुरज पौडेललेले बताए ।

उनले गाउँपालिकामा इन्टरकम टेलिफोन सेवा रहेको, डिजिटल बोर्ड मार्फत सुचना सम्प्रेषण भइरहेको समेत बताए । गाउँपालिकाले आगामी निकट समयमा नै डिजिटल वडा पत्रको व्यवस्था, प्रत्येक शाखाको कामकारवाही सफ्टवयरको माध्यमबाट गरिने, डिजिटलमा पालिकाको प्रोफाइल निर्माण गरिने समेत रहेको बताए ।