
नेकपा ओली समुहले नेकपा मकवानपुर जिल्ला अध्यक्ष मुनु सिग्देल र सचिव प्रेम बहादुर पुलामी लाई पदबाट निष्कासन गरेको छ । शनिबार हेटौँडा भएको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाबाट नेकपा ओली समुहका जिल्ला सह–इन्चार्ज रामेश्वर रानाले अध्यक्ष मुनु सिग्देल र सचिव प्रेम बहादुर पुलामीलाई पदबाट निष्कासन गरेको बताएका छन ।
सिग्देल र पुलामी नेकपा प्रचण्ड–नेपाल समुह निकट रहेका छन् । अधयक्ष सिग्देललाई निष्कासन गरिएसँगै ओली समुहले नेकपा मकवानपुरको जिल्ला अध्यक्षको जिम्मेवारी एकलाल श्रेष्ठलाइ दिएको जिल्ला सह–इन्चार्ज रामेश्वर रानाले बताउनुभयो ।








