समाचारफिचर

बागमती प्रदेशको प्रदेश सभा माघ ७ हुने

संवाददाता

बागमती प्रदेशको प्रदेश सभा माघ ७ गते बोलाउने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखको कार्यालयलाई प्रदेश सभाको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

बागमतीमा प्रदेश सभाको बैठक लामो समय देखि बस्न सकेको छैन्। गत साउन ८ गते प्रदेशसभा सचिवालयको छैटौं अधिवेशन अन्त्य भए देखि अहिलेसम्म बैठक बसेको छैन् ।

कानुनी व्यवस्थाअनुसार एउटा अधिवेशन सकिएको ६ महिनाभित्र अर्को अधिवेशन सुरु गर्नुपर्ने अनुसार बैठक बोलाइएको हो ।