
सिधाखबर \ नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ, त्रास देखाउने माओवादी र आश देखाउने एमालले मिलर गरिबको नाममा, किसानको नाममा मत त लिए तर मन लिन नसकेको बताए । पाँचवर्ष नपुग्दै, जनताले दिएको मतलाई अपहेलना गरे । जनतालाई पिडा दिए । सुखि नेपाली र समृद्ध नेपालको कुरा गर्ने तर जनतालाई दुखै—दुख दिने कम्युनिष्ट सरकारले गरेको बानियाँले आरोप लगाए । नेपाली जनता गरिबका छोराछोरीले पढ्ने स्कुल अनि शिक्षादेखि लिएर स्वास्थ्यको ठुलो क्षति भयो कोरोना महामारीले तर सरकारले यो परिस्थीतीमा संसद विघटन जस्तो कार्य गरेकोमा कांग्रेसको घोर भर्सना गरेको बानियाँले बताए ।
नेपाली जनता माथि गरेको अपमान हो बानियाँले भने ।
मुलुकलाई ओलि सरकारले अन्यौल र अस्थिरतामा धकेल्ने काम गरेको आरोप लगाए । आफ्नै दल भित्र अविश्वास पैदा गर्ने कम्युनिष्ट पार्टी, जनताको सुखि र समृद्धलाई समेत खोस्ने बाँदर नै रहेको बताए । आफ्नो घर पनि भत्काउने र अरुको घर समेत भत्काउने कम्युनिष्ट पार्टी बाँदरनै रहेको दाबी गरे । गरिबका पार्टीको नाममा दलाली समेत गर्दै हिड्ने कम्युनिष्ट पार्टी रहेको बानियाँले बताए ।
विदेशीको ईशारामा नाच्ने कम्युनिष्ट पार्टी उनले भने । झुटको खेति गर्ने यो पार्टीलाई देशभरबाटै बहिस्कार गर्नुपर्ने समेत उनले बताए । जनतालाई झुक्याए, नेपालको नक्सामा समेत चित्रमा मात्रै रहेको र पाठ्यक्रममा समावेश गर्न नसक्ने सरकारले झुटको खेति गरेको समेत उनले आरोप लगाए ।








