समाचारफिचर

तानशाही शासनको आयु छोटो, पुष्टी गर्दिए ओलीले: नेतृ भुसाल

मानवी बानियाँ

नेपाली कांग्रेसकी केन्द्रिय सदस्य पुष्पा भुसालले तानशाही शासनको आयु छोटो हुने कुरा प्रधानमन्त्री केपी ओलीको दुई तिहाई सरकारले पुष्टी गरिदिएको बताएकी छिन् ।

सोमबार हेटौंडा १६ चिसापानिमा नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ मकवानपुरको आयोजनामा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटन, असंबैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध प्रदर्शनमा बोल्दै भुसालले जनताको कयौं सपनाहरुलाई तानशाही शासनमा चलाउन असफल भएको बताएकी हुन् । मुलकुले प्राप्त गरेको लोकतन्त्र विरुद्धको प्रहार भएको बताँउदै नेतृ भुसालले जनताको विश्वासलाई समेत ओलि सरकारले ठुलो घात गरेको आरोप लगाईन् ।

जनताले दुई तिहाईको जन्म दियो, सरकार बनाउनको लागिमात्र होईन स्थिर सरकार हुनुपर्दछ भनेर । एैनाको रुपमा रहेको संसदीय व्यवस्था पनि पाँचवर्षसम्म चल्नुपर्दछ भनेर, जनताले दुईतिहाईको बहुमत पु¥याएर सत्तामा पु¥याएको थियो तर, आज त्यहि बहुमतबाट सत्तामा पुगेको कम्युनिष्ट पार्टी र त्यसको नेतृत्व लिने प्रधानमन्त्री केपि ओलिले संविधानलाई नै प्रहार हुने गरि ठुलो गल्ति गरेको भुसालले बताइन् ।

No description available.

दुई तिहाईको जनादेशको अपमान गरेर, संविधानलाई गैर संवैधानिक कदम अघि बढाएर, अलोकतान्त्रिक कदम बढाएर संसदलाई ध्वजा ध्वजा पारेको छ । दुईतिहाईले सरकार बनाउन त सक्छ तर सरकार चलाउन सक्दैन् भुसालले भनिन् । सरकार चलाउन पनि विधि, संविधान, कानुन केहि प्रणाली हुन्छ, राष्ट्रको अधिकार हुन्छ, जनताको अधिकार हुन्छ, त्यसलाईनै सम्मान अघि बढ्नु पर्छ तर ओलि सरकारले यो गर्न सकेन् । सरकार चलाउन नैतिकता चाहिन्छ, योगदान चाहिन्छ र बलिदान उनले भनिन् ।

स्व. नेता, सुशिल कोईरालाको नेतृत्वमा नेपालीले जनताले संविधान प्राप्त गरेको थियो तर, कम्युनिष्ट सरकारले त्यसलाई संगाल्न नसकेको बताईन् । प्रधानमन्त्री ओलि लोकतन्त्र विरोधी रहेको बताँउदै, केहि वर्ष अगाडि दिएको अभिव्यक्ती, लोकतन्त्र आउनु भनेको बयलगाडा चढेर चन्द्रमा पुग्नु भन्ने कुरालाई जनताले मनन गर्नुपर्ने समेत भुसालले बताईन् । भ्रष्टचार करोडौं भईराख्दा, जनताको उपचारको लागि सरकार तम्तयार नहुनु लजास्पद कुरो रहेको बताउदैं उनले प्रधानमन्त्री ओलि आफ्नो स्वास्थ्यको लागि जति गम्भीर बनेका थिए त्यहि कोरोना महामारीको बेला बन्देको भए, आज भोक र रोगले जनता मर्नुपर्ने दिन नआउने बताइन् ।