मुख्य खबरसमाचार

बागमती प्रदेशमा कांग्रेसले बोलायो संसदीय दलको बैठक

संवाददाता

हेटौंडा \  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आकस्मिक बैठक शुक्रबार बस्ने भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध प्रदेशसभामा नेकपाबाटै अविश्वासको प्रस्ताव दर्ता भएपछिको परिस्थितिबारे छलफल गर्न बैठक बोलाईएको संसदीय दलका सचिव निमा लामाले जानकारी दिए ।

‘मूख्यमन्त्रीविरुद्ध नेकपाबाटै अविश्वासको प्रस्ताव राखेपछि उत्पन्न परिस्थितिबारे छलफलका लागि आकस्मिक बैठक बोलाईएको हो ।’–उनले भने । बैठक संसदीय दलको सम्पर्क कार्यालय काठमाडौंमा बस्ने भएको छ ।

यसअघि शुक्रबार दिउँसो नेकपाका ४५ जना सांसदले बागमती प्रदेशसभा सचिवालयमा मूख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउँदै संसद बैठक आव्हानका लागि आग्रह गरिएको छ । बागमती प्रदेशको बर्षे अधिवेश साउन ६ गते सकिएपछि हिउँदे बैठक अहिलेसम्म बोलाईएको छैन ।