समाचारफिचर

बागमती प्रदेशमा नयाँ सरकार बनाउन कांग्रेस निर्णायक हुने

संवाददाता

सिधाखबर \ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै नयाँ समीकरणबारे चर्चा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड– माधबकुमार नेपाल पक्षको पार्टी भित्रको आन्तरिक द्वन्दले बागमती प्रदेश सरकार समेत संकटमा परेको हो ।

मुख्यमन्त्री पौडेल बिरुद्ध अविश्वासको प्रस्ताव अघि बढेसँगै बागमती प्रदेश सरकारमा कांग्रेस निर्णयक हुने देखिएको छ । मुख्यमन्त्री पौडेल विरुद्ध ४५ सांसदले हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन ।

मुख्यमन्त्रीबाट पौडेललाई हटाएपछि नयाँ सरकार बनाउन बागमती प्रदेशमा प्रचण्ड–माधव समूहलाई १० सांसद अपुग देखिन्छ । कुल ५६ जना पुर्याउँदा मात्र सरकार बनाउन बहुमत पुग्छ ।

अबको प्रदेश सरकारमा प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस निर्णायक बन्ने देखिएको छ । प्रदेश सभामा नेपाली कांग्रेसको २२, विवेकशील साझा ३ र अन्य ५ जना सांसद छन ।