
काठमाडौं \ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भएको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो । नेता माधव नेपालको प्रस्तावमा ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई दलको नयाँ नेता बनाएको छ ।








