समाचारफिचर

नेपालमा थप ७८२ जनामा कोरोना संक्रमण

संवाददाता

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १०२९ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख ४१ हजार ३९२ जना पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ७६५ पुगेको छ ।