समाचारफिचर

शिवम् द्धारा निर्माण गरिएको स्लाब सडक उद्घाटन

संवाददाता

सिधाखबर \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ कुर्ले फाँटमा शिवम् सिमेन्ट उद्योगको आर्थिक सहयोगमा निर्माण गरिएको स्लाब ढलान सडकको मंगलबार उद्घाटन गरिएको छ । गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाले उक्त सडकको उद्घाटन गरेकी हुन् ।

गैरीभञ्ज्याङ–कुर्ले सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर योञ्जनको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी–२ का वडा अध्यक्ष बखानसिं पाख्रिन, शिवम् सिमेन्टका भाइस प्रेसिडेन्ट (खानी तर्फका) रामजीप्रसाद चौरासिया लगायतले आफ्नो भनाइ राखेका थिए ।

३ सय ५४ मिटर स्लाब शिवम् सिमेन्ट उद्योगको करिब ५४ लाख रुपैंया आर्थिक सहयोगमा निर्माण गरिएको समितिले जनाएको छ । उद्योग संगको सहकार्यमा गाउँपालिकाले अब छिट्टै बाकीँ स्थानमा स्लाब ढलान गरी सडक निर्माण गरिनुपर्ने कुर्ले तथा बाँसपानीका स्थानियहरु बताउछन्, ।

कार्यक्रममा शिवमका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र सिन्हा, गाउँ कार्यपालिका सदस्य पातलीमाया गोले, वडा सदस्य रामप्रसाद पुडासैनी, बंशगोपाल माविका प्रधानाध्यापक लिलानाथ ढुंगेल, स्थानियहरुको उपस्थिति रहेको थियो ।