
हेटौंडा \ मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंबर ३ का वडा अध्यक्ष भागवत घिमिरेले गाउँपालिकाको मोटरसाईकल सुविधा फिर्ता गरेका छन् ।
आईतबार गाउँपालिकाको जिन्सी शाखा प्रमुख युवराज पौडेललाई मोटरसाईकलको चाँबी हस्तान्तरण गर्दै वडा अध्यक्ष घिमिरेले उक्त सुविधाको खर्चलाई वडाको विकास निर्माणमा खर्च गर्ने बताए ।
उनले गाउँपालिकाले करिब डेड वर्ष अघिनै दिएको उक्त मोटरसाईकल सुविधा नलिने मनसाय बनाएको बताए । उनले गाउँपालिकाले करिब डेड वर्ष अघि दिएको मोटरसाईकल सुविधा नलिने मनसाय बनाएको थिए तर अन्य वडाका जनप्रतिनिधि आग्रहलाई आत्मसाथ गरे । तर पछिल्लो समय जनताको सेवामा लाग्न सरकारी सुविधा आवश्यक नलागेपछि घर परिवारको सल्लाहमै उक्त सरकारी मोटरसाईकल सुविधा फिर्ता गरेको बताए ।
उनले अन्य वडाका वडा अध्यक्षहरुले पनि मोटरसाईकल सुविधा फिर्ता गर्ने मनसाय बनाएको बताए । उनले फिर्ता गरेको मोटरसाइकल सुविधाको खर्च विकास निमार्ण कार्यमा खर्च गर्ने बताएका छन्, ।








