
काठमाडौँ \ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशैभर हुने सरकार विरोध प्रर्दशनमा सभापति शेरबहादुर देउवाले हेटौंडामा सम्बोधन गर्ने भएका छन् ।
कांग्रेसले विरोधसभालाई केन्द्रीय स्तरका नेताहरुले जिल्ला-जिल्लामा सम्बोधन गर्ने कार्यक्रम अनुसार सभापति शेरबहादुर देउवाले बागमती प्रदेशको राजधानी हेटौंडामा सम्बोधन गर्ने भएका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौँमा, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले मोरङ, कोषाअध्यक्ष सीतादेवि यादवले ललितपुरमा, नेता प्रकाशमान सिंह धनुषामा हुने विरोधसभालाई सम्बोधन गर्ने छन् ।
पार्टीको केन्द्रीय कार्यालय सानेपाबाट दश वटा नारा तय गर्दै गरेर देशैभर सर्कुलर गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। केन्द्रले तोकेको नारासहित जिल्ला समितिले आवश्यकता अनुसार थप नारा तय गर्न सक्ने र त्यहीभित्र रहेर मात्रै सरकारविरुद्ध नाराबाजी गर्न निर्देशन गरिएको छ।








