मुख्य खबरसमाचार

आइतबार मकवानपुरमा ७ जनामा कोरोना पुष्टि

संवाददाता

 खबर बाकस \ मकवानपुरमा आइतबार थप ७ जनामा कोरोना पुष्टि भएको छ । आइतबार साँझ सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप ७ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।
हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा सार्वजानिक कोरोना पुष्टि हुनेमा १ महिला र ६ जना पुरुष रहेका छन्, ।

हेटौंडा उपमहानगरका विभिन्न वडाका ४ जना रहेका छन्, । त्यस्तै, भीमफेदीका १ जना,बागमतीका १ जना र बारा जिल्लाका १ जना गरी ७ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको स्वाब २१ गते संकलन गरिएको थियो ।