समाचारफिचर

नेपालमा थप १०९६ जनामा कोरोना संक्रमण

संवाददाता

काठमाडौं \ छिल्लो २४ घण्टामा देशभर थप १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १७५२ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख २५ हजार ८०५ जना पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५६२ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ५९४ पुगेको छ ।