
काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १०२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २२०६ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख २४ हजार ५३ जना पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५५ जना रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ५७७ पुगेको छ ।








