
हेटौंडा \ हेटौंडा वडा नम्बर २ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा शनिबार समापन भएको छ । गत २ गते बाट सञ्चालित सभा आज समापन गरिएको हो ।
कोभिड १९ का कारण सहकारीले दुई साता लगाएर सभा गरेको हो । संस्थाका अध्यक्ष हरि प्रसाद पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका सदस्य नुर प्रसाद गौतमको प्रमुख अतिथ्यता रहेको थियो । सहकारीले एक वर्षमा आफ्ना शेयर सदस्यलाई ३० करोड ७९ लाख लगानी गरेको छ । ३ करोड ४१ लाख ८५ हजार पुँजी रहेको संस्थामा निक्षेप भने २९ करोड ८ लाख, ६९ हजार रहेको छ ।
सभामा सहकारीले जेष्ठ शेयर सदस्य काशीराम राई र लक्ष्मी गौतम, नियमित तथा उत्कृष्ट बचतकर्ता एकनारायण शर्मा, मणिराज राई, असल ऋणी धर्म प्रसाद दाहाल र विमला विश्वकर्मालाई सम्मान तथा पुरस्कृत गरिएको थियो । सहकारीले उत्कृष्ठ कर्मचारी भक्त कुमारी गौतमलाई सम्मान गरेको थियो ।
संस्थाका उपाध्यक्ष राजु ढकालले कार्यक्रममा स्वागत भनाई राखी सुरुवात गरेका थिए । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष विष्णुमाया लामा, सल्लाहकार रामकुमार लामिछाने, लेखा संयोजक राजकुमार गोतामे, सचिव केशव प्रसाद धिताल, व्यवस्थापक रमला सापकोटा लगायतको उपस्थिती रहेको थियो ।








