
खबर बाकस \ मकवानपुरमा विहीबार थप १२ जनामा कोरोना पुष्टि भएको छ । विहीबार विहान सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप १२ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।
हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा सार्वजानिक कोरोना पुष्टि हुनेमा ५ महिला र ७ जना पुरुष रहेका छन्, ।
हेटौंडा उपमहानगरका विभिन्न वडाका ११ जना रहेका छन्, । त्यस्तै, बारा घर भएको १ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको स्वाब १० गते संकलन गरिएको थियो ।









