समाचारफिचर

नेपालमा थप १९४८ जनामा कोरोना पुष्टि

संवाददाता

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १९४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३१४० जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख ७ हजार ९९८ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ३८९ जना पुगेको छ ।