
काठमाडौं \ कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९८० संक्रमित थपिँदा ३ हजार ४३ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । उनीहरुमध्ये १३३७ जनाको मृत्यु भएको छ भने २ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन् ।








