
खबरबाकस \ मकवानपुरमा सोमबार थप ३५ जनामा कोरोना पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो । कोरोना पुष्टि हुनेमा १९ जना महिला र १६ पुरुष रहेका छन्, ।
कोरोना पुष्टि हुनेमा हेटौंडा उपमहानगर २८ जना रहेका छन्, । त्यस्तै मकवानपुरगढी गाउँपालिकाका २ जना, थाहानगरका २ जना, बागमतीका २ जना र जिल्ला बाहिरका १ जना गरी ३५ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको ७ गते स्वाब संकलन गरिएको थियो ।









