
हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ को खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा सञ्चालित खानेपानी योजना हेटौंडा खानेपानी व्यावस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उपभोक्ता समिति द्वारा सञ्चालित योजना बोर्डलाई हस्तान्तरण गर्नुभयो ।
मेयर महतले यस क्षेत्रका नागरिकलाई पर्याप्त खानेपानी खुवाउने काम बोर्डको रहेको बताए । बोर्ड उपमहानगरपालिका मातहत रहेकाले यसबाट खानेपानीको क्षेत्रमा काम गरिरहेको महतले बताए । पानीको वषौदेखिको समस्या भएपनि यसलाई समाधान गर्न आफुहरु तयार रहेको मेयर महतले बताए ।
कुल ७ करोड ५१ लाख ९८ हजार रुपैयाँ लागतमा निर्माण भएको यस खानेपानी योजनाबाट यस क्षेत्रका ६ सय ९० परिवार प्रतक्ष रुपमा लाभान्वीत भएका छन् । खानेपानीको योजना अनुसार ४ सय ५० वटा धारा जडान गरिसकिएको छ । तै पनि खानेपानी भने यस क्षेत्रमा पर्याप्त रुपमा आउनु सकेको छैन ।
यही खानेपानी योजनाको मेयर महतले आजै उद्घाटन् गर्नु भयो । चार कोठे भवन, खानेपानी आयोजनामा तारबार घेरा भएको वितरण स्थत, डिप बोरिङको ओभरहेड पानी टंकी समेत निर्माण गरिएको छ । हस्तान्तरण कार्यक्रममा हेटौंडा १९ का वडा अध्यक्ष नरनाथ सुवेदी, खानेपानी व्यावस्थापन बोर्डका अध्यक्ष प्रताप विष्ट, खानेपानी तथा सरसफाइ डिभीजन कार्यालय मकवानपुरका प्रमुख बालमुकुन्द श्रेष्ट लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।








