
काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २३२३ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ९ जना रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ३०५ जना पुगेको छ ।








