समाचारफिचर

हेटौंडामा कोरोना संक्रमित ६४ वर्षकी वृद्धाको मृत्यु

संवाददाता

खबरबाकस \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा कोरोना संक्रमित एक वृद्धा महिलाको मृत्यु भएको छ ।

हेटौंडा ५ की ६४ बर्षीया वृद्धाको घरमै मृत्यु भएको हो । कार्तिक २८ गते कोरोना पुष्टि भएकी उनको शुक्रबार बिहान मृत्यु भएको छ । उनको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने भएको छ । मृतकको घरमा वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट सहितको टोलीले उच्च सतर्कता अपनाइएको छ ।

मकवानपुरमा विहीबार साझँ बागमती प्रदेश सांसद प्रेम बहादुर पुलामी, नेपाल पत्रकार महासंघ जिल्ला सचिव गणेश अधिकारी सहित २५ जनामा कोरोना पुष्टि भएको छ ।