
काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३५३८ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ८२ हजार ७८० पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ जना रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार २५९ जना पुगेको छ ।








