
खबरबाकस \ मकवानपुर प्रहरीले हेटौँडा वडा नम्बर १० बाट ८० किलो लागु औषध गाँजा सहित हुन्डाइ सेन्ट्रो कार बरामद गरेको छ । बिहिबार प्रहरी चौकी भुटनदेवीबाट गस्तीमा रहेको प्रहरीले ८० किलो गाँजा सहित कार बरामद गरेको हो ।
गस्तीमा रहेको प्रहरीलाई देखेर भागेको बा ६ च १४७६ नम्बरको कारलाई खोजीकार्य गर्दा हेटौँडा १० भुटनदेवी मन्दिर जानेबाट सडकमा कार लक गरेको अवस्थामा फेला पारेको र जनप्रतिनिधिको रोहबरमा कार खोलेर हेर्दा प्याकिङ गरेको कारको डिकीमा लुकाएको अवस्थामा ८० किलो लागुऔषधसहित गाँजा सहित कार नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता एंव प्रहरी नायब निरीक्षक इन्द्र बहादुर रानाले बताउनुभयो ।
कार प्रहरीले कार्यालयमा राखेको र फरार फरार व्यक्तिको खोजी कार्य भइरहेको रानाले बताउनुभयो ।








