मुख्य खबरसमाचार

मुद्दामा अब दुईजना वकिलले मात्र बहस गर्न पाउने

संवाददाता

काठमाडौं \  सर्वोच्च अदालतले कोरोना भाइरसको महामारीको समयमा सुरक्षा सतर्कता अपनाउन भन्दै मुद्दा सुनुवाइमा पक्ष र विपक्षका दुई-दुईजना कानुन व्यवसायीले मात्र बहस गर्न पाउने नियम बनाएको छ ।

सर्वोच्चका उपरजिस्टार देवेन्द्र ढकालले कात्तिक १८ गते सूचना जारी गर्दै मुद्दा, रिट तथा निवेदनलगायतका विषयमा पक्षरविपक्षको तर्फबाट एक/एक प्रमुख कानुन व्यवसायी तथा एक/एकजना सहयोगी कानुन व्यवसायी मात्र उपस्थित भई बहस पैरवी गर्ने उल्लेख गरिएको छ ।

मंसिर ८ गतेदेखि लागू हुने यो व्यवस्थाअनुसार एकभन्दा बढी कानुन व्यवसायी भए अरुले बहस नोटमात्र पेश गर्न पाउनेछन् । बहस नोटलगायतका लिखत इमेल ठेगानाबाट पठाउने व्यवस्था गरेको छ ।