समाचारफिचर

बुधबार मकवानपुरमा ४० जनामा कोरोना पुष्टि

संवाददाता

 खबर बाकस \ मकवानपुरमा बुधबार थप ४० जनामा कोरोना पुष्टि भएको छ । बुधबार विहान सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप ४० जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।
हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा सार्वजानिक कोरोना पुष्टि हुनेमा १८ महिला र २२ जना पुरुष रहेका छन्, ।

हेटौंडा उपमहानगरका विभिन्न वडाका २८ जना रहेका छन्, । त्यस्तै, बकैया गाउँपालिकाको १ जना र मनहरीको ६ जना, थाहानगरको ४ जना र जिल्ला बाहिर ठेगाना भएका १ जना गरी ४० जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको स्वाब १७ गते संकलन गरिएको थियो ।