मुख्य खबरसमाचार

प्रदेश यातायात व्यवस्था सेवा कार्यालय तिन दिन बन्द

संवाददाता

खबर बाकस \ बागमती प्रदेश यातायात व्यवस्था सेवा कार्यालय हेटौँडा कार्तिक १९ गते सम्म बन्द गरिएको छ । कार्यालयका केही कर्मचारीहरुमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि आज आइतबारबाट ३ दिनसम्मको लागि सेवाग्राहीहरुलाई प्रदान गरिँदै आएको सबै सेवाहरु बन्द गरिएको कार्यालय प्रमुख भक्तराज भण्डारीले बताउनुभयो ।

कार्यालयले एक विज्ञप्ति जारी गर्दै कार्यालयको राजश्व फाँटमा कार्यरत रहेका केही कर्मचारी र सो कार्यालयको राजश्व बुझ्ने नेपाल इन्भेस्टमेन्ट बैँक हेटौँडा शाखाका कर्मचारीहरुमा समेत कोरोना संक्रमण पुष्टि भएकोले यातायात सेवा कार्यालयले आफ्नो सबै सेवा स्थगित गर्नुपरेको उल्लेख गरिएको छ ।

 

FB_IMG_1604222059395-1604226347.jpg